- जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।
कन्चनपुर : कन्चनपुरकी निर्मला पन्तको वलात्कारपछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।
‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टीमले मिलेसम्म सुक्ष्म रुपमा अनुसन्धान गरिराखेकै छ,’ उनले भने ।
जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।
‘यो लामो हदम्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’
घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो । तत्कालिन अवस्थामा दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।
निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डीएनए परीक्षण गरिएपनि डीएनए म्याचिङ भएको थिएन् । त्यसपछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’