- ढकालका अनुसार अहिलेसम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् । कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका छन ।
- पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।
पोखरा : मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनहरुको संख्या बढेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
ढकालका अनुसार अहिलेसम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् । कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका छन ।
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।
यसैगरी सितगङ्गा नगरपालिका वडा नं. ३ अर्घाखाँची कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम, रामप्रसाद वेलवासेले २ रोपनी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।
भिरकोट नगर पालिका वडा नं. २ स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी, वेलकोट गढी नगरपालिका वडा नं. २ नुवाकोटका पार्वती भट्ट न्यौपाने पशुपति कोटिहोममा ४ आना र गण्डकी कोटिहोममा ४ आना गरी ८ आना, पथरी शनिश्चरे नगर पालिका वडा नं. ३ मोरङका छत्रमान श्रेष्ठ बाट ३ कठ्ठा लालवन्दी नगर पालिका वडा नं. १ सर्लाहीका राजकिसोर चौधरीले ५ धुर जग्गा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्
वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
यसैगरी मानव सेवा फाउन्डेसनलाई पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ पस्याड्ड निवासी गङ्गा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको व्यवस्थापक थापाले जानकारी दिए ।
त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । फाउन्डेसनलाई आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।
पोखरामा जारी कोटिहोममा पनि जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौँ सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।
यज्ञको पूर्णाहुतिसँगै आजदेखि तिलक र भष्म विरतण गरिने कार्यक्रम रहेको छ । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि वुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् ।
भागवत मञ्जरी दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।