गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्याली गरियो, डुङ्गा र्याली पनि गरिने

२०८२ बैशाख ११ बिहिबार
सारांश
  • गण्डकी कोटिहोमको प्रचार स्वरुप साइकल र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।

पोखरा : ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप साइकल र्यालीको आयोजना गरिएको छ । 


गण्डकी कोटिहोमको प्रचार स्वरुप साइकल र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो ।


बिरौटा कोटीहोम स्थलबाट शुरु भएको र्याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो । 


स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन  र्याली गरिएको महायज्ञका संकल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए ।


फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार