पोखरामा गण्डकी कोटीहोमका कार्यक्रमहरु सुरु, बैशाख ६ गतेदेखि देवी प्रतिभाको प्रवचन
२०८२ बैशाख २ मंगलबार
- मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम अन्य धार्मिक कार्यक्रमहरु जारी छन् ।
पोखरा : पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञका विभिन्न कार्यक्रमहरु शुरु भएका छन्।
मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम अन्य धार्मिक कार्यक्रमहरु जारी छन् । महायज्ञका लागि पण्डाल निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । कोटीहोमका मिडिया संयोजक लेखराज ढकालका अनुसार महायज्ञको तयारी अन्तिम चरणमा छ ।
‘महायज्ञको तयारी अन्तिम चरणमा छ । केही पन्डालबाट बाल वाचिका अनुराधा पाण्डेबाट प्रवचन सुरु भइसकेको छ । महायज्ञको पूर्वसन्ध्यामा प्रवचनहरु भइरहेको हो । बाँकी चारपाँच पन्डालहरुको तयारी गरिरहेका छौं । अब त्यहाँबाट पनि प्रवचनहरु सुरु हुन्छ ।
पोखराको बिरौटामा करिब एकसय रोपनी क्षेत्रफलमा हाम्रो कार्यक्रम छ,’ उनले भने,‘चैत्र २९ गतेदेखि बाल वाचिका अनुराधा पाण्डेले प्रवचन गरिरहनुभएको छ । उहाँले बैशाख ५ गतेसम्म प्रवचन दिनुहुनेछ । त्यसपछि भागवत वाचिका देवी प्रतिभा भारतबाट आउँदै हुनुहुन्छ । उहाँ बैशाख ५ गते आउनुहुने र ६ गतेबाट १८ गतेसम्मै प्रवचन गर्नुहुनेछ ।’
बैशाख ३ गते लेकसाइडमा क्षमा पूजा गर्ने र बिरौटामा भूमि पूजा गरेर मुख्य हवनकुण्ड गर्ने तयारी आयोजकको छ । कोटिहोममा पण्डित दिनबन्दु पोखरेल, चन्द्रकला सखि, चैतन्य कृष्ण महाराजलगायत रहेको र भारतबाट जगत गुरुहरु आउने कार्यक्रम रहेको पनि ढकालले जानकारी दिए ।
काठमाडौंको पशुपतिनाथ परिसरमा आयोजना गरिएको कोटिहोम भन्दा १० गुणा ठूलो पोखरामा कोटिहोम हुने आयोजकको दाबी छ । ‘पोखरामा एकसय वटा हवनकुण्ड रहनेछन् । घर जस्तै बलिया ठूला पन्डालहरु बनाएका छौ । धेरै मानिसहरु हामीसँग जोडिन आइरहनु भएको छ,’ ढकालले भने ।
पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ । ‘उहाँहरु पहिला पशुपति कोटिहोममा पनि जोडिनुभएको थियो । निःशुल्क रुपमा श्रमदान गरिरहनु भएको छ,’ मिडिया संयोजक ढकालले भने ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ ।
यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले यसअघि नै अनुरोध गरिसकेको छ ।
विजय कृष्णमूर्ति अर्थात विजय भण्डारीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले यसअघि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा ‘ऐतिहासिक कोटिहोम गर्ने तयारी गरेपनि पछि बिरौटीमा गर्ने निर्णय गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।