हिसान बाग्मती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा राजकुमार आचार्य
२०८१ चैत्र ७ विहिवार
- युवा तथा खेलकुद मन्त्रि मा. तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा शैक्षिक क्षेत्रलाइ प्रतिनिधित्व गर्ने विभिन्न गन्य मान्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ: उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) बाग्मती प्रदेशको दोस्रो अधिवेशन चैत्र ६ गते लाजिम्पाट स्थित दुसित प्रिन्सेसमा सम्पन्न भएको छ ।
युवा तथा खेलकुद मन्त्रि मा. तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा शैक्षिक क्षेत्रलाइ प्रतिनिधित्व गर्ने विभिन्न गन्य मान्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
हिसान बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्यसहित सम्पूर्ण २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा, आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ, सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।
सदस्यहरुमा, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, विष्णु शर्मा, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, राम प्रसाद बडाल, भुशील खनाल, सरोज महर्जन र नेत्र प्रसाद भुसाल निर्वाचित भएका हुन् ।
नब निर्बाचित कमिटिका अध्यक्ष राजकुमार आचार्यले अबको आफ्नो कार्यकालमा हिसान बाग्मती प्रदेशले विभिन्न कार्यक्रमहरु गर्दै निजि शैक्षिक संस्थालाइ थप गुणस्तरीय र प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनु भयो । करिब २०० भन्दा बढी कलेजको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन आनन्द कुमार यादवले गर्नु भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’