१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

२०८१ चैत्र १ शुक्रवार
सारांश
  • परिक्रमा यात्री र परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुभक्तजनहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमा गरेसंगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

जनकपुर: विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्रा १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका आज सम्पन्न भएको छ ।


परिक्रमा यात्री र परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुभक्तजनहरुले आज जनकपुरधामको अन्तःगृह परिक्रमा गरेसंगै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।
धनुषाको कचुरीबाट निस्किएको डोलासहितको परिक्रमाले भारतको कल्याणेश्वर स्थानमा रेखा खिचेर संकल्प लिँदै औपचारिक रूपमा १५ दिनसम्म १५ ऐतिहासिक एवं धार्मिक स्थानको परिक्रमा गरि बिहीबार कल्याणेश्वर स्थानमा आफूले खिचेको रेखा मेटाउँदै शुक्रबार जनकपुरधाम आइपुगेको छ ।


सबैभन्दा लामो धार्मिक पदयात्राको क्रममा सहभागीहरूले नेपालको ११ र भारतको ४ विश्रामस्थलमा विश्राम लिएर नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम बिहीबार जनकपुर फर्किएका थिए ।


शुक्रबार विहानैदेखि ९ किलोमिटर लामो अन्तःगृह परिक्रममा लाखौं श्रद्धालु सहभागी भएका छन् ।


परिक्रमावासीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी परिक्रमा समापन नहुञ्जेलसम्म जनकपुरधामको परिक्रमा क्षेत्रमा मास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।


तराईमा आज होली रहेतापनि जनकपुरलगायत मिथिलाञ्चलमा अन्तःगृह परिक्रमा गरिएको भोली पल्ट मात्र होली खेल्ने परमपरा रहि आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार