कर्णालीका ११५ एकल महिला सम्मानित, ८ महिला उद्यमीलाई १ लाखको पुस्कार
२०८१ फागुन २५ आईतवार
- उत्कृष्ट महिला उद्यमी बापतको रकमबाट उनीहरूलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत बिना थापाले बताइन् ।
सुर्खेत: अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारले प्रदेशका ८ महिला उद्यमीलाई पुरस्कृत गरेको छ ।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की नारायणी चौलागाइँ रहेका छन् ।
यस्तै बाख्रा फर्म चलाइरहेकी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, की गीताकुमारी पुन मगर, पोल्ट्री फार्म सञ्चालक कालिकोटको रास्कोट नगरपालिका–५, की सिता शाही, सिलाई कटाई उद्यमी दैलेखको नारायण नगरपालिका–६, की विन्दुकुमारी उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–२, की टेलर्स सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, की होजियारी उद्योग सञ्चालक सुजाता पाण्डेय रहेका छन् ।
उत्कृष्ट महिला उद्यमी बापतको रकमबाट उनीहरूलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत बिना थापाले बताइन् ।
त्यस्तै ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरकमा कालिकोटको महावै गाउँपालिकाले १ सय १५ जना एकल महलिाहरुलाई सम्मान गरेको छ । एकल भएर पनि समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने पालिकाका एकल महिलालाई गाउँपालिका अध्यक्ष खेमबहादुर सिंंहले सम्मान गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’