- यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
तानसेन (पाल्पा), १५ फागुन: जिल्लामा ४३औँ मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसियालीका साथ मनाइएको छ ।
मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन् । मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बङ्गुर र कुखुराका मासुका परिकार खाएर रमाइलो गरेका छन् ।
तानसेनस्थित कैलाशनगरमा भेटिनुुभएकी खगिश्वर मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताए । “यो हामी मगर जातिलाई चिनाउने पोशाक र चिनारी हो, बिर्सनु भएन । अनि पो संस्कृति बाँचिरहन्छ”, उनले भने ।
माथागढीकी अनिशा आले सराइमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिईन । उनले आफ्नो संस्कृति बचाइ राख्न उत्सवको अवसरमा पोसाक लगाएको बताईन । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । “मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्”, बगनासकाली गाउँपालिका यम्घाका विष्णु गाहाले भने, “मगर एकता दिवसमा मगर समुदायका लागि महत्वपूर्ण दिन हो । रमाउने, खुसियाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ । यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन् ।
त्यसैगरी रामपुरमा एकीकृत मगर उत्थान समाजले १७औँ वार्षिक उत्सवसँगै विशेष कार्यक्रम सम्पन्न गरेको छ । रम्भा गाउँपालिकाको नाँचनडाँडामा विविध सांस्कृतिक कार्यक्रम गरियो । यहाँका १० वटै स्थानीय विविध कार्यक्रम आयोजना भए ।
दिवस मनाउन पाल्पाका १० वटै स्थानीय तहले बिदा दिएका थिए । सार्वजनिक बिदाका कारण पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे । मगर दिवस विशेष कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजोलगायतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । पछिल्लो जनगणना अनुसार पाल्पामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’