जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्छ
२०८१ फागुन १० गते शनिवार
- कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अहिले भाषा, संस्कार र संस्कृति संकटमा परेका बताए ।
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताएका छन् ।
नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय सद्भाव र सामुदायिक एकताले मात्र सही गन्तव्यमा पुगिने बताए । ‘भाषा, संस्कृति र सभ्यताको रक्षा गर्नुपर्छ, तर त्यसको नाममा अतिवादमा जानु हुँदैन, अतिले खती गर्छ’, उनले भने ।
सभ्यता र संस्कृति राज्यका सम्पत्ति भएको बताउँदै श्रेष्ठले राज्यले त्यसको संरक्षण गर्नुपर्ने बताए । नागरिक समाजले पनि प्राप्त अधिकारको उपयोग गर्दै आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणमा योगदान दिनु पर्ने उनको धारणा छ ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अहिले भाषा, संस्कार र संस्कृति संकटमा परेका बताए । संविधान र कानुनले अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर भएको उनले बताए ।
भाषा, संस्कार र संस्कृति पुराना पुस्तबाट नयाँमा सर्दै जाने भए पनि नयाँ पुस्ताले त्यसको बेवास्ता गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । भाषा, संस्कार, संस्कृति र राष्ट्रिय विभूति माथि कुनै राजनीति गर्नु नहुने उनको धारणा छ ।
कार्यक्रममा नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले मातृभाषालाई जोगाउन धेरैले बलिदान गरेका बताए । उनले भाषा, संस्कार र संस्कृति जोगिए मात्र राष्ट्र जोगिने धारणा राखे । राज्य निर्मम हुँदा कतिपय भाषा, संस्कार र संस्कृति लोप भएको उनको भनाइ छ ।
राज्य सत्ताले विवेक नपु¥याउँदा नेवार समुदाय व्यापारबाट समेत विस्थापित भएको उनले बताए । सरकारी अधिकारीलाई किनेर नेवार समुदायको हातबाट व्यापार व्यवसाय खोस्ने काम गरिएको उनको आरोप छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’