आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’

२०८१ फागुन ०५ सोमवार
सारांश
  • ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए ।

कर्णाली, ५ फागुनः कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ यहाँको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ । 

 

ऋति फाउण्डेसनद्वारा आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए ।

 

कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरे ।

 

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले विसं २०७६ देखि उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेको बताए । उत्सवका विषयवस्तु/सामग्री संयोजक प्रकाश लामिछानेले आज फागुन ५, ६ र ७ गतेसम्म वीरेन्द्रनगर सिटी हलमा सञ्चालन हुने उत्सवमा प्रस्तुत हुने विषयवस्तु एवं सामग्रीबारे पत्रकारलाई जानकारी दिए ।

 

उनका अनुसार आज फागुन ५ गते पहिलो दिन ‘के पढ्यौंँ के पढायौँ ?’ ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’, ‘बैकेनी बोल्लिछन्,’ भोलि दोस्रो दिन ‘स्याउको सह,’ ‘आश लाग्दो अर्थतन्त्र,’ ‘छोरीको छहारी,’ ‘टेको सङ्घीयताको,’ ‘कर्णालीमा मधेश’ र पर्सि तेस्रो दिन ‘खलङ्गाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत हुनेछन् ।

 

त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली (रङ्गकर्मी), प्रवासकुमार शाक्य (रक्तदान अभियान्ता र दिपा राना (सहकारी अभियान्ता) लाई पैकेलो (नायक/नायिकाका)रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौंलागाईले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुती), भोलि प्राडा जीवेन्द्रदेव गिरी र पर्सि राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा बोल्नेछन । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार