- आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
गोरखा, ५ फागुनः गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ ।
नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्न सक्छन्, उनले भने, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’’
सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहाने विपन्न महिला वडावडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिए ।
कार्यक्रममार्फत व्यावसायिक रुपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देश्सीय संस्थालाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उनको भनाइ छ । चिनारी बहुउद्देश्सीय संस्था, गोरखा उद्योग वाणिज्य सङ्घ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको उनको भनाइ छ ।
‘‘यी संस्थाहरुले संस्थागत रुपमा विपन्न महिलालाई सिलाइकटाइ तालिम प्रदान गर्दै आएका छन्, दुवाडीले भने, ‘‘यसबाट महिलालाई पेसा व्यवसाय जोडिन लाग्न मद्दत पुग्छ ।’’त्यस्तै नौमती पञ्चैबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नं ६ स्थित प्रगतिशिल महिला उद्यमी सङ्घ र वडा नं २ स्थित थापा गाउँ महिला समूहलाई आवद्ध महिलालाई समूहगत रुपमा आयआर्जनसँग जोड्ने यसअघि नौमती प ञ्चै बाजा वितरण गरिएको उनले बताए।
‘‘गाउँ टोल र छरछिमेकमा हुने पूजाआजा, बिहे व्रतबन्धलगायतका मनोरञ्जात्मक कार्यमा बाहिरबाट नौमती पञ्चै बाजा झिकाएर रमाइलो गर्नुपर्ने बाध्यता थियो, उनले भने, ‘‘नगरपालिकाले तालिम दिएर अनुदानमा पञ्चैबाजासमेत उपलब्ध गराएपछि अहिले ती समूहमा आवद्ध महिलाले राम्रो आम्दानी पनि गर्न थालेका छन् ।’’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।