- कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
रामेछाप: रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीमा एक शिक्षक दम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका छन् ।
सुनारपानीको भैरवी माविका शिक्षक द्वारिका कार्की र सोही विद्यालयमा कार्यरत शिक्षक महालक्ष्मी कार्कीले विद्यालयलाई सरस्वती मन्दिर बनाइदिएका हुन् । द्वारिकाका पिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमा उनीहरूले मन्दिर बनाइदिएका हुन् ।
कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रम नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अधिकारको कुरा गर्दा नागरिकले यसै गरी आफ्नो सामाजिक दायित्व पनि पुरा गर्ने हो भने नेपाल चाँडै समृद्ध बन्ने बताए । चाह्यो भने परिवर्तन सम्भव भएको बताउँदै श्रेष्ठले यसका लागि सबै सकारात्मक सोच र व्यवहारका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीन कार्कीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।