पहिचानलाई बचाइराख्न सांस्कृतिक महोत्सवहरूको भूमिका महत्वपूर्ण
२०८१ माघ १० विहिबार
- ‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने,‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’
धादिङ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने,‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’
उनले भाषा, संस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासंस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म, संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए ।
‘आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौँ ’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’