एप्पलका संस्थापक स्टिभ जब्सकी पत्नी प्रयागराज कुम्भमेलामा सहभागी
२०८१ माघ १ गते मंगलवार
- यस बर्षको महाकुम्भमा ३५ करोड बढि सहभागी हुने प्रक्षेपण गरिएको छ भने आजै मात्रै झण्डै डेढ करोडले प्रयागराज त्रिवेणीमा अमृतस्नान मारेका छन्।
एप्पलका दिवंगत सह-संस्थापक स्टीव जब्सकी पत्नी 'लरेन पावेल जब्स' महाकुम्भ मेला २०२५ मा सहभागी भएकी छिन्। लरेन यतिबेला भारतको आध्यात्मिक भ्रमणमा व्यस्त छिन्।
प्रयागराजको त्रिवेणी संगममा जानुअघि उनले वाराणसीको काशी विश्वनाथ मन्दिरको दर्शन समेत गरेकी थिइन्।
उनि १२ जनावरी आईतवार आचार्य कैलाशानन्दको अखडामा पुगेकी थिईन। आफ्नो ४० जना सदस्य सहितको जम्मो टिम लिएर प्रयागराज कुम्भमेलामा सहभागी भएकी उनी जनवरी २९ सम्म (१७ दिन) निरञ्जिनी अखडामा रहनेछिन ।
निरञ्जिनी अखडाका आचार्य स्वामी कैलाशानन्द गिरीले संचारकर्मीसँग भने कि लरेन मंगलबार आध्यात्मिक स्नानमा भाग लिनेछन्। "उनी मेरो शिविरमा आराम गरिरहेकी छिन्। उनलाई केही एलर्जी छ। यति भीडभाड भएको ठाउँमा उनी कहिल्यै गएकी थिईनन् । उनी एकदम सरल छिन्। पूजाको समयमा उनी हामीसँगै बसिन् । हाम्रो परम्परा नै यस्तो छ कि नदेखेकाहरु सामेल हुन चाहन्छन्,’ उनले भने ।
"उनीसँग 'सनातन' सम्बन्धी धेरै प्रश्नहरू छन्, र हामी उहाँका प्रश्नहरूको जवाफ दिन सक्दो प्रयास गर्नेछौं," स्वामी कैलाशानन्दले थपे।
लरेन स्वामी कैलाशानन्दको अखडामा 'कल्पवास'मा रहिन। कल्पवास, महाभारत र रामचरितमानस जस्ता धर्मग्रन्थहरूमा उल्लेख भएको एक प्राचीन कर्म, आध्यात्मिक अनुशासन र शुद्धिको अवधि हो। लरेन भगवा, पहेलो वस्त्रले शरिर ढाकेर गलामा रुद्राक्षको मालामा सजिएकी थिईन।

आचार्य कैलाशानन्दले उनलाई तिथि र ज्योतिष पात्रो अनुसार गत १८ फेब्रुवरी २०२४ मा पंचगव्य खुवाएर हिन्दु नाम 'कमला' प्रदान गरेका थिए। साथै आचार्यले उनलाई हिन्दु नाम सहित 'अच्युत' गोत्र पनि प्रदान गरेका थिए।
जिवनमा कहिल्यै यति ठुलो भिड नदेखेकी लरेनलाई भिडकै कारण अलर्जी समेत भएको जनाईएको छ । त्यसो त प्रयागराज महाकुम्भ विश्वमै सबैभन्दा धेरै मानिसहरू सहभागी हुने पर्व अर्थात 'महाउत्सव' हो ।
यस बर्षको महाकुम्भमा ३५ करोड बढि सहभागी हुने प्रक्षेपण गरिएको छ भने आजै मात्रै झण्डै डेढ करोडले प्रयागराज त्रिवेणीमा अमृतस्नान गरेका थिए।
एप्पलका संस्थापक स्टिभ जब्स भारतका प्रख्यात आधात्मिक साधु निम करोली बाबाको अनन्य भक्त थिए। स्टिभ जब्सकै प्रेरणाले फेसबुकका संस्थापक मार्क जुकर्बर्गले समेत सन् २०१५ मा भारत भ्रमणको क्रममा निम बरोली बाबाको आश्रमको भ्रमण गरेका थिए ।
यस पटकको कुम्भ १४४ वर्ष पछिको कुम्भ हो र यो 'पुर्ण कुम्भ' हो, जुन जनवरी १३ देखि २६ फेब्रुअरी सम्म हुनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’