- इतिहासविदाहरू पृथ्वी नारायण शाहको योगदानलाई अवमुल्यन गरिएको बारेमा गुनासो गरिरहेका छन्।
काठमाडौँ, २७ पुस : आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई एकीकृत गरेको इतिहास छ ।
तत्कालिन समयमा द एसियामा उदाउदो उपनिवेशवादी शक्ति अंग्रेजले आफ्नो क्षेत्रमा उपनिवेश कायम गर्न नसकोस र यहाँको भाषा, धर्म र संस्कृति सुरक्षित होस् भन्ने कामनाले बडमहारज धिराज पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नुभएको हो । उहाँको नेपाल एकीकरण अभियान भन्दा पुर्व हलको नेपाल क्षेत्रमा कमसेकम ५२-५३ ओटा भुरे टाकुरे राज्यमा विभक्त थिए। इतिहासमा कहिले टुक्रने कहिले एकीकृत हुँदै आएको थियो। राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नु पुर्व अन्य राजाहरूले पनि एकिकरणको प्रयास त गरेका थिए तर ति सफल हुन सकेका थिएनन। तर पृथ्वी नारायण शाह सफल हुनु भयो । उहाँ पछिका सन्तति र भाई भारदारले एकीकरण अभियान कायमै राखे र सुगौली सन्धि हुनु भन्दा अगाडि नेपाल टिष्टा कांगडा सम्म पुगेको थियो ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
इतिहासविदाहरू पृथ्वी नारायण शाहको योगदानलाई अवमुल्यन गरिएको बारेमा गुनासो गरिरहेका छन्। राज्यले विगत लामो समय देखि पृथ्वी जयन्तीमा विदा समेत नदिने गरेकोमा विस २०७९ सालदेखि सार्वजनिक विदा भने दिन थालियो, जुन कृष्ण प्रसाद सिटौला गृह मन्त्रि बिदा काटिएको थियो।
नगरिक स्तरबाट हर्सोल्लासका साथ मनाईने राष्ट्रिय दिवसहरूमा पृथ्वी जयन्ति नै एक हो।आज देश तथा विदेशमा रहेका नेपालीहरूले सामाजिक संजालमा पृथ्वी नारायण शाहको तस्विर प्रशस्तै राखेको देख्न सकिन्छ भने एक आपसमा शुभकामना साटासाट पनि गरिरहेका छन्। आज देशका विभिन्न स्थानमा कार्यक्रमहरू समेत आयोजना गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।