- धादिङको भर्याङभुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर बास बसेको हो ।
त्रिशूली (नुवाकोट), २४ पुसः नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ मङ्गलबार नुवाकोट आइपुगेको छ ।
धादिङको भर्याङभुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर बास बसेको हो । र्याली सामरीभञ्याङ, कागुने हुँदै शुभघाट आइपुग्दा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।
नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य कायम थियो ।
पृथ्वीनारायण शाहका बुबाले पहिलो पटक नुवाकोटमाथि गरेको आक्रमण बिफल भएपछि शाहले दोस्रो पटकको प्रयासमा नुवाकोटबाट विजयी हासिल गरेर सुरु भएको अभियानले नेपाल एकीकरण सम्भव भएको थियो । कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथिको विजयपछि पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजयी हासिल गर्नुभएको थियो ।
सोही क्रममा उहाँले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र वीर पुर्खाले पुर्याएको योगदानको सम्मानस्वरुप युवापिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको नेपाल सेना नुवाकोटका गणपति (प्रमुख सेनानी) विष्णु कार्कीले बताउनुभयो ।
पदमार्गमा पर्ने कोटघर, गढी, किल्लालगायतका ऐतिहासिक तथा धार्मिक महत्वको संरचनाको सम्वद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।
गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जित निकालेपछि काठमाडौँ उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिन खोजिएको छ ।
र्यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको सैनिक फौजले प्रयोग गरेको जस्तै पोशाक र हातहतियारले सजिएका छन् । गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च र्याली’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा प्रयोग गरिएको छ ।
उक्त र्याली आज केउरिनी चौतारो हुँदै साततले दरबार पुग्ने र त्यहाँबाट धरमपानी, शेरा दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै शुक्रबार काठमाडौँ प्रवेश गर्नेछ । काठमाडौँको सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते विशेष कार्यक्रम आयोजना गरी र्याली समापन गरिने नेपाली सेनाले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।