ज्योतिष विधालाई व्यवस्थित बनाउन राज्यले अलग्गै निकाय निर्माण गर्नुपर्ने

२०८१ पुष २४ गते बुधवार
सारांश
  • वाल्मिकी क्याम्पसका प्राचार्य भागवत ढकालले ज्योतिष क्षेत्रलाई व्यवस्थित गर्न राज्यले राष्ट्रिय काउन्सिल नै बनाएर काम गर्न सुझाव दिए ।

काठमाडौं: ज्योतिष क्षेत्रलाई विश्वसनीय र सर्वव्यापी बनाउन राज्यले अलग्गै परिचय पत्रको व्यवस्था गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । 

 

नेपाल ज्योतिष परिषदको २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्योतिष शास्त्र वा पेशालाई राज्यले विशेष परिचय पत्रको व्यवस्था गर्नुपर्ने आवाज उठेको हो ।


पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश भट्टले सनातनहरुको महत्वपूर्ण अंगका रुपमा मानिएको ज्योतिष क्षेत्रलाई विश्वसनीय बनाउन राज्यले विशेष व्यवस्था गर्न सुझाव दिए । उनले अल्पज्ञान र मर्मलाई ख्याल नगर्दा ज्योतिष क्षेत्र अविश्वसनीय बन्ने खतरा रहेको औंल्याउँदै ज्योतिष क्षेत्रलाई विश्वव्यापी मानव हित र कल्याणमा समर्पित गर्नुपर्ने बताए । उनले भने,‘ज्योतिषको अत्याध्यम पाटो मानव जीवनका हरेक शुभकार्यमा आवश्यक छ । यसमा पंचागको विशष महत्व छ त्यसैले यसको व्यवस्थापनमा सबैले सोच्नुपर्छ ।’


वाल्मिकी क्याम्पसका प्राचार्य भागवत ढकालले ज्योतिष क्षेत्रलाई व्यवस्थित गर्न राज्यले राष्ट्रिय काउन्सिल नै बनाएर काम गर्न सुझाव दिए । उनले हरेक ज्योतिषको योग्यता मापन गर्न राज्यको मान्यतप्राप्त अंगले निकाय खडा गरेर प्रमाणीत गर्नुपर्ने औंल्याए ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले ज्योतिष क्षेत्रलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । समितिकै कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सक्षम ज्योतिष उत्पादनका लागि प्रशिक्षण आवश्यक भएको बताए । अन्तरर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिक सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले ज्योतिष विज्ञानलाई विश्वसनीय र मानव हितका लागि उपयोग गर्न राज्यले विशेष ख्याल गर्र्नुपर्ने बताए ।


कार्यक्रममा ज्योतिर्विद डा.सुनील सिटौलाद्धारा लिखित पुस्तक ‘भाग्यचक्र को विमोचन समेत गरिएको । सोही अवसरमा नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतमसहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गरियो । 

 

सम्मानित हुनेहरुमा प्राडा धनेश्वर नेपाल, डा.दण्डपाणी अर्याल, लेखनाथ न्यौपाने, दामोदर जोशी, सुर्य अर्याल लगायत छन् । नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालको अध्यक्षतामा भएको समारोहमा महासचिव विश्वप्रकाश लामिछानेले संस्थाको प्रगति विवरण प्रश्तुत गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार