आज बौद्धधर्मालम्बीहरुले तोल ल्होसार मनाउदैँ

२०८१ पुष १६ गते मंगलवार
सारांश
  • पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन ।

काठमाडौं । आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइदै छ । यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो । 


पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन । बिषेशगरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भुतको पराजयको कामना गरिन्छ । 


त्यसैगरी मान्यजनहरुको आर्शिवाद लिई बाबरी रोटी, फुरौला, कन्दमुल खाएर तोल ल्होसार मनाइन्छ । तोलको अर्थ समयचक्र हुन्छ । त्यसैले यो ल्होसारलाई समयचक्र संवत्सर पनि भन्ने गरिन्छ । यो ल्होसार सोनाम ल्होसार जस्तैगरी मनाइन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार