बेलायती राजदूत रब फेनले मनाए २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा
२०८१ पुष १३ गते शनिवार
- उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे ।
काठमाडौं: नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमति जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिषरमै मनाएका हुन् ।
गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहिँ आएर मनाउने सोचेको बताए ।
उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसंग विवाह गरेको जस्तै अनुभुति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।
यता जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदुत फेनलाई मिथिलाशैलीमा वैवाहिक परमपरा अनुसारका पहिरण लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसंग आग्रह गरे ।
राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’