‘सेन्टर फर एसियाली फ्युचर्स’ को दोस्रो व्याख्यान शृङ्खला सम्पन्न
२९ असोज, २०८३
- एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (AIDIA) थिंक ट्याङ्क तथा ग्राजुएट स्कुलले आफ्नो ‘सेन्टर फर एसियाली फ्युचर्स’ (CAF) अन्तर्गत दोस्रो व्याख्यान शृङ्खला आयोजना सम्पन्न गरेको छ ।
काठमाण्डौ, २९ असोज । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (AIDIA) थिंक ट्याङ्क तथा ग्राजुएट स्कुलले आफ्नो ‘सेन्टर फर एसियाली फ्युचर्स’ (CAF) अन्तर्गत दोस्रो व्याख्यान शृङ्खला आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रा. अमिताभ मट्टूले "एसियाली भविष्य: भारतको रणनीतिक सोच, चीनको उदय र एसियाली व्यवस्थाको भविष्य" विषयमा आफ्नो व्याख्यान प्रस्तुत गरे ।
काठमाडौँ विश्वविद्यालयसँगको शैक्षिक साझेदारीमा AIDIA द्वारा सञ्चालित ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी’ (MIAED) को पहिलो ब्याचका विद्यार्थीहरूका लागि आयोजित उक्त सत्रमा एशियाको बदलिँदो शक्ति सन्तुलन र यस क्षेत्रको भविष्य निर्माण गर्ने रणनीतिक विकल्पहरूबारे छलफल गरिएको थियो ।
AIDIA का कार्यकारी उपाध्यक्ष तथा MIAED का प्रिन्सिपल राजदूत डा. दुर्गाबहादुर सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै प्रा. मट्टूको परिचय गराएका थिए । साथै, उनले एसियाको परिवर्तनशील शक्ति समीकरण र क्षेत्रीय व्यवस्थाको भविष्यबारे रणनीतिक संवादको वातावरण सिर्जना गरे ।
केन्द्रको अवधारणाबारे बोल्दै राजदूत सुवेदीले भने, "एसियाको भविष्य विकास भइरहेको क्षेत्रीय व्यवस्थामा देशहरूले अघि सार्ने छनोट, विचार र संस्थाहरूले निर्धारण गर्नेछन् । ‘सेन्टर फर एसियाली फ्युचर्स’ मार्फत AIDIA ले आगामी पुस्ताका रणनीतिक विचारकहरू तयार पार्ने लक्ष्य राखेको छ, जसले तत्कालका भू-राजनीतिक परिवर्तनभन्दा अगाडि हेरेर नेपालको भूमिकासहित एशियाको भविष्य निर्माणमा योगदान पुर्याउन सकून् ।"
छलफलका क्रममा चीनको उदय, भारतको रणनीतिक स्वायत्तताको खोजी, विकसित हुँदै गएको भारत–चीन सम्बन्ध र अन्य क्षेत्रीय तथा विश्वव्यापी शक्तिहरूको बृहत्तर भूमिकासम्बन्धी विषयहरूमा समीक्षा गरिएको थियो । "एशियाली शताब्दी" को परम्परागत अवधारणाभन्दा माथि उठ्दै प्रा. मट्टूले एशियाको भविष्यलाई एउटै पूर्वनिर्धारित बाटोमा नभई बहु-पात्र, प्रतिस्पर्धी हित र रणनीतिक छनोटहरूद्वारा आकार लिने बहुआयामिक सन्दर्भमा बुझ्नुपर्नेमा जोड दिए ।
व्याख्यानका क्रममा नेपाल केवल एक 'बफर स्टेट' (दुई ठूला देशबीचको मध्यस्थ राज्य) वा 'पुल' मात्र नरहेर कूटनीति, संस्थागत सहकार्य र क्षेत्रीय संलग्नताका माध्यमबाट एक रणनीतिक मध्यस्थकर्ता (Strategic Broker) का रूपमा अघि बढ्न सक्ने सम्भावना रहेको कुरामा जोड दिइयो । यसले ठूला शक्तिहरूबीचको प्रतिस्पर्धाका बीच रणनीतिक विविधीकरण, बलिया संस्थाहरू र साना राष्ट्रहरूले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने क्षमताको महत्त्वलाई उजागर गरेको छ ।
यस व्याख्यानले एसियाको विकसित भू-राजनीतिक, आर्थिक र संस्थागत परिदृश्यमा रणनीतिक पूर्वाभास, आलोचनात्मक अध्ययन र नीति-उन्मुख संवादलाई अगाडि बढाउने ‘सेन्टर फर एसियाली फ्युचर्स’ को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । MIAED का विद्यार्थीहरूका लागि यस कार्यक्रमले शैक्षिक दृष्टिकोणलाई अन्तर्राष्ट्रिय मामिलाका समसामयिक चुनौतीहरूसँग जोड्ने अवसर प्रदान गर्यो ।
कार्यक्रमको मुख्य सन्देश एशियाको भविष्य पूर्वनिर्धारित हुँदैन, बरु यो हाम्रा छनोट र निर्णयहरूले निर्धारण गर्छ भन्ने रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’