रेशम चौधरीको टिप्पणी- कलिला जुंगा भएकाहरूले पनि देश बनाउने छनक देखाएनन्

१८ असोज, २०८३, आइतवार
सारांश
  • नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पुराना नेताहरूले देश बिगारेको र नयाँ पुस्ताका कलिला जुंगा भएकाहरूले पनि देश बनाउने संकेत नदेखाएको टिप्पणी गरेका छन् ।

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पुराना नेताहरूले देश बिगारेको र नयाँ पुस्ताका कलिला जुंगा भएकाहरूले पनि देश बनाउने संकेत नदेखाएको टिप्पणी गरेका छन् । 

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूबाट भने देश बनाउने आशा रहेको बताए । उनले कांग्रेसले राणा शासन अन्त्य, कमैया मुक्ति र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।

 

उनले भने- 'पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक देखाएका छैनन् । अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको छ ।'

 

उनले संविधानमा अधिकार लेखिए पनि थारू समुदायले व्यवहारमा अधिकार नपाएको गुनासो गर्दै चौधरीले थारू समुदायबाट कहिले प्रधानसेनापति र मुख्यसचिव हुने भन्दै प्रश्न गरेका थिए ।

 

चौधरीले थारू समुदायको पहिचान कुनै धर्मसँग साट्न नसकिने बताउँदै टीकापुरलाई जिल्ला बनाउने पुरानो माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूलाई थारूको मात्र नेता भनेर बुझ्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेपालको राजनीतिमा जालझेल रहेको टिप्पणी गरेका थिए ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार