३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
२०८३ भाद्र ०७ आइतवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुसँग ३५ बर्षको हिसाबको कुरा नगर्न आफ्ना नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
काठमाण्डौ, ०७ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुसँग ३५ बर्षको हिसाबको कुरा नगर्न आफ्ना नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
रास्वपाका केन्द्रीय सदस्यहरुको कार्यशालाको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछाने अब ३५ बर्षको हिसाब नमाग्न आग्रह गर्दै अबको ३५ बर्षको योजना बनाउन आग्रह गरेका हुन् ।
उनले भने- 'हामीले कयौं नेताहरुलाई दोष देखाउन सकिन्छ । आज कसलाई दोष देखाउने । अब ३५ बर्षको हिसाब माग्ने होइन साथी हो, ३५ बर्षको योजना ल्याउनुस । अबको ३५ बर्ष । अब बितेको ३५ बर्षका लागि उहाँहरुलाई कचकच गर्ने ठाउमा हामि छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ बर्षमा कस्तो गर्ने त्यो त हाम्रो हातमा छ नि ।'
आम नागरिकले के पाउदैछन्, हाम्रो शिक्षा निती के हो, देश कता लैजाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनु पर्ने उनले बताए । सभापति लामिछानेले अहिलेको अवसरलाई इतिहासले दिएको अवसरको रुपमा बुझेर काम गर्नुपर्ने दायित्व रास्वपामा आएको बताए ।
लामिछानेले यस पटक पनि जनताका आकांक्षा अनुसार काम गर्न सकिएन भने देश चरम निराशामा जाने बताए । उनले सरकारले गरेका केहि काम विवादित बनेपनि सरकारले अनियमितता गरेको छ भनेर अहिलेसम्म कुनै प्रश्न नउठेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।