रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को चयन भए ?

५ भाद्र, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा रास्वपाले सहमहामन्त्रीमा पुरुषोत्तम यादवलाई मनोनित गरेको छ ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न पदाधिकारी, विभाग प्रमुखहरू र केन्द्रीय सदस्यको मनोनयन गरेको छ ।

 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा रास्वपाले सहमहामन्त्रीमा पुरुषोत्तम यादवलाई मनोनित गरेको छ ।  त्यस्तै बैठकले पार्टीको प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ भने कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन् ।  

 

पार्टीका विभिन्न विभाग प्रमुखहरु पनि टुंगाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र अर्थ विभागको प्रमुखमा लीमा अधिकारीलाई चयन गरिएको छ । 

 

त्यस्तै बैठकले सुनिल लाम्साल, भूपदेव शाह, सुदन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम सुप्रभात यादव, मनोहर प्रधान, भक्तबहादुर राई बशुमाया तामाङ र सुरेन्द्र चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार