प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको ज्ञानेन्द्र शाहीको दाबी

५ भाद्र, २०८३, शुक्रवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।

 

सामाजिक सञ्जालमा प्रधानमन्त्री सुरक्षाकर्मीबिना मुस्ताङ गएको विषयमा चर्चा भइरहेको भन्दै शाहीले कम्तीमा केही समय प्रधानमन्त्रीलाई आफ्नो निजी समय र व्यक्तिगत जीवनमा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिन आग्रह गरेका छन् । उनले हरेक विषयलाई राजनीतिक रंग दिएर हल्ला गर्नु आवश्यक नरहेको बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार