खुस्बु ओली भन्छिन्- देउवाको सनातन धर्मसम्बन्धी अभिव्यक्तिले नयाँ आशा जगायो
३१ श्रावण, २०८३, आइतवार
- सामाजिक सञ्जालमा टिप्पणी गदै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा सनातन धर्मावलम्बी परिवारमा नयाँ आशा र विश्वास जगाएको बताउदै नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि स्वागत गर्नुपर्ने बताएकी छन् ।
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अभिव्यक्ति दिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गदै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा सनातन धर्मावलम्बी परिवारमा नयाँ आशा र विश्वास जगाएको बताउदै नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि स्वागत गर्नुपर्ने बताएकी छन् ।
उनले भनेकी छन्- 'देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ । उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ ।'
नेपाललाई स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा अझै गम्भीर प्रश्न उठिरहेको भन्दै ओलीले देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरताबारे खुला राष्ट्रिय बहस गर्नुपर्ने बताइन् । देउवाको अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्र सीमित नरही नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिलाई अघि बढाउने आधार बन्नुपर्ने उनको भनाइ छ।
ओलीले आस्था व्यक्तिगत भए पनि राष्ट्रिय पहिचान साझा विषय भएको उल्लेख गर्दै नेपालको सनातन पहिचानबारे अब इमानदार राष्ट्रिय बहस आवश्यक रहेको बताउदै यसले नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’को बाटो खोल्नुपर्ने बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।