उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूत अर्न्स्टबीच शिष्टाचार भेटवार्ता
३० आषाढ़, २०८३, मगलवार
- भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ।
भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा राजदूत अर्न्स्टले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अष्ट्रेलियन सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारेका थिए । सो अवसरमा दुई देशबीच भइरहेको आयात-निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा संवाद भएको थियो ।
यसैगरी, अष्ट्रेलियामा रहेका नेपाली समुदाय (डायस्पोरा) को माध्यमबाट दुई देशबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्न सकिने सम्भावनाका विषयमा पनि सकारात्मक छलफल भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’