संघीय संसदका दुई समितिको बैठक बस्दै

२०८३ अषाढ़ २६ शुक्रवार
सारांश
  • आज संघीय संसदको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २६ अषाढ़ । आज संघीय संसदको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

 

आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यस अघि बसेको बैठकमा उपसमिति गठनमा विवाद हुदा बैठक बिना निष्कर्ष स्थगित भएको थियो ।

 

त्यस्तै आज बिहान १०: १५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको सम्बन्धमा विज्ञद्वारा प्रस्तुती हुने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार