आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न हर्क साम्पाङको सरकारलाई ध्यानाकर्षण

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • साम्पाङले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने माग गरे । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०-१५ जनालाई रोजगारी दिने काम थालनी गर्न समेत सुझाव दिए ।

काठमाडौं: श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद साम्पाङले माइतीघरमा आन्दोलनरत दृष्टिविहीनहरुले आफुहरुले सक्ने रोजगारको व्यवस्था गर्न गरेको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

 

साम्पाङले कि त आन्दोलनरत दृष्टिविहीनलाई सडकमा गीत गाएर गुजारा गर्ने वातावरण बनाई दिनु पर्ने कि गुजाराका लागि सरकारले एकैचोटी नसके पनि क्रमशः रोजगारी दिलाउनु पर्ने माग गरे । उनले दृष्टिीविहीनलाई यो महिनादेखि १०-१५ जनालाई रोजगारी दिने काम थालनी गर्न समेत सुझाव दिए ।

 

उनले सरकारको चाहना सबैकुरा चिटिक्कै होस् भन्ने चाहना भए पनि सबैको जीवन सरकारका मन्त्रीहरुको जस्तो ‘चिटिक्क’ नहुने कटाक्ष गरेका थिए । 

 

सांसद साम्पाङले प्रधानमन्त्रीले संसदबाट दिएको अभिव्यक्ति संसदमै आएर सच्याउनु पर्छ भन्ने आफूहरुको माग कायम रहेको बताउदै यस विषयमा सभामुखले रुलिङ गर्न माग गरे । साथै उनले संसद अराजक हुदै गएको र सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदको अवाज नसुनेको भन्दै यसलाई सहि बाटोमा ल्याउन सभामुखको ध्यानाकर्षण गराएका थिए । 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार