सांसदले 'सभामुखले कान सुन्नुहुन्न' भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित
२४ आषाढ़, २०८३, बुधवार
- बुधबार बैठक शुरु हुनासाथ आकस्मिक समयमा बोल्न शुरु गरेका सांसद राईले सभामुखले कान नसुनेको भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित हुदै बोल्न रोकेका थिए ।
काठमाडौँ: प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखको अपमान गरेको भन्दै बोल्न रोकेपछि संसदमा लफडा भएको छ ।
बुधबार बैठक शुरु हुनासाथ आकस्मिक समयमा बोल्न शुरु गरेका सांसद राईले सभामुखले कान नसुनेको भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित हुदै बोल्न रोकेका थिए ।
राईले सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित बनेका थिए ।
सांसद राईले बोलेको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमआपत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।
सभामुखले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यबहारप्रतिनै प्रश्न गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।