बासना थापाको प्रश्न- के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?
२०८३ अषाढ़ २२ सोमवार
- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् ।
काठमाण्डौ, २२ अषाढ़ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको उल्लेख गर्दै यति लामो समय बितिसक्दा समेत राज्यबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन् ।
उनले भनिन्- ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ । ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन् । अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो ?’
थापाले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्ने सरकारलाई प्रश्न गर्दै कर्णालीबासीको निधारमा अकाल मृत्यु मात्रै लेखिएको र दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड भएको बताएकी थिइन् ।
उनले तत्काल कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।