एन्फामा अब राजनीतिक हस्तक्षेप हुन दिदैनौं, फुटबलमा योगदान दिएको व्यक्तिले नेतृत्व गर्नुपर्छ- मन्त्री पोखरेल
१८ आषाढ़, २०८३, बिहिवार
- उनले छानबिनको रिपोर्ट आउने बित्तिकै फिफासहितका सम्बन्धित निकायमा पठाउने बताउदै अहिलेको सरकारले हस्तक्षेप गरेर फिफाले एन्फालाई निलम्बन नगरेको दाबि गरे ।
काठमाडौं: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अब एन्फामा राजनीतिक हस्तक्षेप हुन नदिने बताएका छन् ।
एन्फालाई फिफाले गरेको निलम्बन बारे सोधिएको प्रश्नको जवाफ दिदै मन्त्रीले एन्फामा विगतमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार भएको भन्दै अब त्यसो हुन नदिने बताएका हुन् ।
उनले फिफाले निलम्बन गर्दा दुख लागेको भएपनि अहिले नेपाली फुटबल यो भन्दा ताल जाने ठाउनै नभएकाले बोल्ड स्टेप लिएर एन्फा सुधार्ने बताए । उनले भने- 'अब बन्ने एन्फामा जसले फुटबलमा योगदान गरेका छन्, त्यस्ता व्यक्तिलाई ल्याएर एन्फा बनाउछौं । यो भन्दा तल जाने ठाउ नै छैन, अहिले फिफाले निलम्बन गर्दा दुख त लागेको छ । अब तल कति जान्छ र , अब हामीले केहि बोल्ड स्टेप लिन्छौं । तर अब यसलाई हामीले माथि उचाल्छौँ, सुधार्छौँ । एन्फालाई राजनीतिक अखडा हुन थोरै पनि दिदैनौं । भ्रष्टाचार हुन दिदैनौं ।'
मन्त्री पोखरेलले अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा हस्तक्षेप भएको बताउदै एन्फामा भ्रष्टाचार भएको उजुरी परेको र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको नेतृत्वमा छानबिन समेत गठन गरेको समेत जानकारी दिएका छन् ।
उनले छानबिनको रिपोर्ट आउने बित्तिकै फिफासहितका सम्बन्धित निकायमा पठाउने बताउदै अहिलेको सरकारले हस्तक्षेप गरेर फिफाले एन्फालाई निलम्बन नगरेको दाबि गरे ।
एन्फाका पदाधिकारीले विश्वकप हेर्न जान नदिएको गुनासो गरेको विषयमा मन्त्री पोखरेलले विश्वकपमा एन्फाको पदाधिकारी नेपाली फुटबलले केहि न केहि आशा देखाउने काम गरेपछि मात्र जानु पर्ने बताए । उनले भने- 'नेपालले विश्वकप नै खेल्नुपर्छ भन्ने छैन, कुनै न कुनै आशा त देखाउनुपर्यो नि त । लोकल डिभिजनको केहि खेल भएको छैन । भ्रष्टाचार धेरै भएको भनेर प्रश्न उठेको छ । नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन । यो भन्दा तल नेपाल फुटबल जाने ठाउ नै छैन ।'
उनले सरकारले फिफा र एएफसीसँग कुरा गरेको र उनीहरुलाई वार्तामा बोलाएको समेत बताएका छन् । उनले भने- 'हामीले अगाडी कसरी बढ्ने भनेर विभिन्न विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । फिफासँग हाम्रो अन्तरक्रिया शुरु भइसकेको छ । हामीले फिफा र एएसीका पदाधिकारीलाई बार्तामा बोलाएका छौं । उहाँहरु आउनुभयो भने कुरा भैहाल्छ ।'
उनले नेपालको फुटबलप्रति सरकार सम्बेदनशील रहेको बताउदै नेपालको फुटबललाई जसरी पनि माथि उठाउने अठोट रहेको र अब बन्ने एन्फामा राजनीतिक रुपमा हैन, फुटबलमा योगदान गरेका व्यक्तिहरुलाई ल्याउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।