रास्वपाले आफ्ना सांसदहरूलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने
१८ आषाढ़, २०८३, बिहिवार
- रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने भएको छ ।
रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो ।
बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने, निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने जस्ता फिचरहरु रहेको बुर्लाकोटीले जानकारी दिएका छन् ।
कार्यक्रम बिहान साढे १० बजेदेखि शुरु हुने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री लम्साल अस्वस्थ, बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइयो
-
सरकारी अनुरोधमा सामग्री हटाउदा प्रयोगकर्तालाई जानकारी दिने एक्सको तयारी
-
पछिल्लो तीन दिन मेरो अहिलेसम्मकै बढी निन्दा भयो, भोली जवाफ दिन्छु- गगन थापा
-
युक्रेनले मस्कोतर्फ प्रहार गर्यो करिब ६०० ड्रोन, रुसी सेनाले २०१ वटा खसाले
-
भारतीय सेना प्रमुख सेठ काठमाडौँमा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।