संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी

१७ जेठ, २०८३, आइतवार
सारांश
  • उनले सहकारी ठगीका पीडितलाई सरकारी कोषबाट राहत दिने निर्णय भइसके पनि फरार रहेका जीबी राईबारे प्रधानमन्त्री मौन रहेको आरोप लगाए । विदेशमा रहेका नेपालीको मतदान अधिकारको विषयमा पनि सरकारले अध्ययनकै कुरा गरेर विषय टारेको उनको भनाइ छ ।

काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएका जवाफप्रति असन्तुष्टि जनाउँदै नेतृत्वको तयारी, निर्णय क्षमता र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले विद्युतीय चुलोको प्रयोग बढ्दा ट्रान्सफर्मर र सबस्टेसनले भार धान्न नसक्ने प्रधानमन्त्रीको अभिव्यक्ति, बाँदर नियन्त्रणका विषयमा अझै अध्ययनकै चरणमा रहेको जवाफ तथा सुकुम्बासी व्यवस्थापनबारे ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं’ भन्ने प्रतिक्रिया चित्तबुझ्दो नभएको बताएका छन् ।

 

उनले सहकारी ठगीका पीडितलाई सरकारी कोषबाट राहत दिने निर्णय भइसके पनि फरार रहेका जीबी राईबारे प्रधानमन्त्री मौन रहेको आरोप लगाए । विदेशमा रहेका नेपालीको मतदान अधिकारको विषयमा पनि सरकारले अध्ययनकै कुरा गरेर विषय टारेको उनको भनाइ छ ।

 

बस्नेतले मानव अधिकार आयोगको प्रतिवेदनसम्बन्धी जवाफलाई गैरजिम्मेवार भन्दै राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतासँग जोडिएका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको भावनामा चोट पुर्‍याएको दाबी गरेका छन् ।

 

उनले देश सञ्चालनका लागि सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभन्दा स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय, जवाफदेहिता र कार्यान्वयन क्षमता आवश्यक हुने उल्लेख गर्दै जनताले अब बहाना नभई समाधान र परिणाम खोजिरहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार