बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत
११ जेठ, २०८३, सोमवार
- बस्नेतले सरकारले संसदको बैठक आफैंले आह्वान गरेपछि स्थगित गरी धेरै अध्यादेश जारी गरेको, त्यसमार्फत विद्यार्थी संगठन र पेशागत संघ–संस्थामाथि प्रतिबन्ध लगाइएको जस्ता कदम गलत भएको टिप्पणी गरे ।
काठमाडौं: नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान बालेन नेतृत्वको सरकारका गतिविधि जनविरोधी, स्वेच्छाचारी र गैरजिम्मेवार भएको आरोप लगाउँदै त्यसविरुद्ध जनतालाई सचेत बनाउने र अन्य दल तथा लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर संघर्ष अघि बढाउने निर्णय भएको बताएका छन्।
उनका अनुसार सरकार गठन भएदेखि नै प्रतिशोधपूर्ण र एकतर्फी शैलीमा काम भइरहेको दाबी गरिएको छ। उनले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्वाग्रही र गैरन्यायिक रूपमा पक्राउसमेत गरिएको आरोप लगाए ।
बस्नेतले सरकारले संसदको बैठक आफैंले आह्वान गरेपछि स्थगित गरी धेरै अध्यादेश जारी गरेको, त्यसमार्फत विद्यार्थी संगठन र पेशागत संघ–संस्थामाथि प्रतिबन्ध लगाइएको जस्ता कदम गलत भएको टिप्पणी गरे ।
त्यसैगरी सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई डोजर चलाएर बलपूर्वक हटाइएको, भन्सार नाकामा कडाइ बढाएर मधेसका जनतालाई समस्या दिइएको, र न्यायालयमा वरिष्ठता तथा परम्परागत मापदण्ड मिचेर नियुक्ति गरिएको आरोप पनि उनले लगाए । उनले विश्वविद्यालयलगायत निकायमा राजनीतिक हस्तक्षेप भएको, दलित र महिलामाथि हुने हिंसा बढ्दा पनि सरकार मौन रहेको र महँगी बढ्दा पनि जनताको समस्या प्रति बेवास्ता गरिएको बताए ।
त्यस्तै निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति ल्याइएको र प्रमाण तथा छानबिन बिना व्यवसायीलाई पक्राउ गरेर दुःख दिने काम भएको उनको भनाइ छ। बस्नेतले यस्ता गतिविधिहरूले लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय हितमाथि असर पारिरहेको भन्दै त्यसविरुद्ध सशक्त जनआन्दोलन आवश्यक रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।