रास्वपाको महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक
१० जेठ, २०८३, आइतवार
- आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेको हो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठन जेठ ७ गतेदेखि १५ गतेसम्म, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि जेठ १० गतेसम्म पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन जेठ २० गतेसम्म गर्ने, महाधिवेशन प्रतिनिधिको नामावली पेश जेठ २५ गतेसम्म गर्ने, प्रदेश अधिवेशनका पदाधिकारीको विवरण पेश असार ५ गतेसम्म र निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे छलफल असर ५ गतेसम्म गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।