मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

८ जेठ, २०८३, शुक्रवार
सारांश
  • मुख्यमन्त्री यादवले यसअघि सत्ता गठबन्धनमा रहेका जनमत र जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपासँग सत्ता गठबन्धन गर्दै विश्वासको मत लिएका छन् ।

जनकपुरधाम: कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले विश्वासको मत पाएको छ । 
 

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ मत परेपछि उनले प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् ।
 

मत बिभाजनको प्रक्रियामा सय सांसद उपस्थित रहेका थिए भने विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको थियो ।
 

मुख्यमन्त्री यादवले यसअघि सत्ता गठबन्धनमा रहेका जनमत र जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपासँग सत्ता गठबन्धन गर्दै विश्वासको मत लिएका छन् । 
 

१०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार