आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

२०८३ जेठ ०५ मङ्गलवार
सारांश
  • प्रतिनिधि सभामा मंगलबार छलफलमा भाग लिदै बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफुले स्वीकार नगर्ने बताएका हुन् ।

काठमाण्डौ, ०५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् ।

 

प्रतिनिधि सभामा मंगलबार छलफलमा भाग लिदै बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफुले स्वीकार नगर्ने बताएका हुन् ।

 

सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

 

उनले आफ्नो २० बर्षे संसदको कार्यकालमा अर्थमन्त्री नहुदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताएका थिए  ।  

 

उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे ।

 

साथै उनले सरकारले बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरेको आरोप लगाउदै मधेश विस्फोटको अवस्थामा रहेको बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार