- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।
काठमाण्डौ, ०३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् ।
३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् ।
अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्याउने मार्गचित्र तयार गरेको बताएका छन् ।उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।
ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ ।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
-
अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।