लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय

१ जेठ, २०८३, शुक्रवार
सारांश
  • एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्‍याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् ।

बुटवल: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरको हो ।

 

लुम्बिनीमा प्रदेशमा शुरुमा ६ मन्त्रालय रहेको भएपनि त्यसपछि ११ हुदै १७ सम्म पुर्याइएको थियो । 

 

एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्‍याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् ।

 

प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको र कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार