- र्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विहिबार भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धा आज हेर्दा हेर्दैमा सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विहिबार भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए ।
अब शुक्रबार कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बाह्स हुने र त्यसपछि समय पुगेमा भोलि आदेश आउने सम्भावना रहेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको थियो ।
सो रिट विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाई एक साथ गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’