काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !
२०८३ वैशाख ०२ बुधवार
- काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बोलाइएको बताइएको छ ।
काठमाण्डौ, ०२ वैशाख । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।
काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बोलाइएको बताइएको छ । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’