संसद भवन निर्माण तोकिएको समयमा सम्पन्न गर्न सभामुख अर्यालको निर्देशन

३० चैत्र, २०८२, सोमवार
सारांश
  • सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ: सभामुख डीपी अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन् ।

 

सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

 

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो।

 

संसद भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो। प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म छ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ । हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

 

भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार