परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

२७ चैत्र, २०८२, शुक्रवार
सारांश
  • मौरिससमा शुक्रबार भएको भेटमा जयशंकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए । भेटका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा अझ गहिरो सहकार्य गर्दै द्विपक्षीय सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा छलफल भएको थियो ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

 

मौरिससमा शुक्रबार भएको भेटमा जयशंकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए । भेटका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा अझ गहिरो सहकार्य गर्दै द्विपक्षीय सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा छलफल भएको थियो ।

 

परराष्ट्रमन्त्री शिशिर खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार