गृहमन्त्रीलाई हर्कले सोधे–फेवाताल किनारको २० रोपनी जग्गाको खास कुरा के हो ?
२०८२ चैत्र ६ सोमवार २३
- सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै साम्पाङले उक्त जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले पोखराको फेवाताल क्षेत्रमा रहेको भनिएको २० रोपनी जग्गाका विषयमा सार्वजनिक स्पष्टीकरण दिन गृहमन्त्री सुदन गुरुङसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सम्बोधन गर्दै साम्पाङले उक्त जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।
उनले यो प्रश्न व्यक्तिगत नभई जनताको प्रतिनिधि र प्रतिपक्षी दलको हैसियतले सोधेको स्पष्ट पारेका छन् । साम्पाङले पोखराको जग्गा विवादले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएको भन्दै यसबारे मौन बसे जनताको विश्वास गुम्ने र प्रहरी प्रशासनले समेत नटेर्ने चेतावनी दिएका छन् ।
यसका साथै, साम्पाङले सरकारका सामु दुईवटा मुख्य कार्यभार रहेको उल्लेख गरेका छन् । उनले भदौ २४ गतेको जेन्जी (Gen-Z) आन्दोलनका क्रममा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिनुपर्ने माग दोहोर्याएका छन् ।
गृहमन्त्रीलाई 'भाइ' र 'साथी' को साइनोले सम्बोधन गर्दै साम्पाङले लेखेका छन्, "तपाईंले गलत काम गर्नेहरूको सूची बनाएर कारबाही थाल्नुभएकोमा धन्यवाद छ, तर जग्गा प्रकरण र सदनमा उठाएका मुद्दाहरू नबिर्सनुहोला । यी विषय सुल्झिएपछि मात्र म तपाईंलाई बधाई दिनेछु ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।