ओलीको अदालतमा बयान: प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिदैनन्
२२ चैत्र, २०८२, आइतवार
- अदालतमा उनले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसकै कारण राजीनामासम्म दिनुपरेको अवस्था आएको उनले अदालतमा बताएका छन् ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै भदौ २३ र २४ का घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
अदालतमा उनले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसकै कारण राजीनामासम्म दिनुपरेको अवस्था आएको उनले अदालतमा बताएका छन् ।
भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको उल्लेख गर्दै उनले किन र कसरी यस्तो घटना भयो भन्नेबारे गम्भीर छानबिन आवश्यक रहेको बताएका छन् । शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र द्वन्द्व कसरी सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले राज्यको सम्पत्ति जलाउने र भीडलाई उत्तेजित पार्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउदै राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको गुनासो समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’