सभामुखको मनोनयन दर्तापछि डिपी अर्यालले भने- न्यायसंगत रुपमा काम गर्छु
२०८२ चैत्र २० शुक्रवार
- प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गरेका डोलप्रसाद (डीपी) अर्यालले न्यायसंगत रुपमा काम गर्ने बताएका छन् ।
काठमाण्डौ, २० चैत्र । प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गरेका डोलप्रसाद (डीपी) अर्यालले न्यायसंगत रुपमा काम गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन अनुसार न्यायसंगत काम गर्ने बताएका हुन् ।
अर्यालले सभापति रवि लामिछानेको प्रस्ताव र कानुनमन्त्री समेत रहेकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समर्थनमा मनोनयन दर्ता गराएका छन् ।
संसद सचिवालयको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ भने साढे २ बजे उम्मेदवारको नाम प्रकाशित हुने छ । त्यस्तै सभामुखको निर्वाचनका आइतबार बस्ने प्रतिनिधि सभमा हुने छ ।
प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’