रास्वपा सभापति लामिछानेले प्रतिनिधि सभामा सम्बोधन गर्दै

२०८२ चैत्र १९ विहिवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

काठमाण्डौ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

 

प्रतिनिधि सभाको पहिलो अधिवेशनको आज पहिलो दिन लामिछानेले रास्वपाको तर्फबाट सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

 

लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेपनि उनले आज संसदमा सम्बोधन गर्न कुनै बाधा नपर्ने संसद सचिवालय स्रोतले जानकारी दिएको छ । सरकारी वकिलको कार्यालयबाट पत्र नआएसम्म संसद सचिवालय आफैले कुनै किसिमको रोक लगाउन मिल्ने कानुनी व्यवस्था नरहेका कारण लामिछाने संसदीय क्रियाकलापमा सहभागी हुने भएका हुन् ।

 

अघिल्लो प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि लामिछानेलाई तत्कालिन सभामुख देवराज घिमिरेले निलम्बन गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार