- प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले विकासका नाममा गरिएका असमान सन्धिहरु खारेज गर्नुपर्ने बताउदै एमसीसी खारेज गर्न माग गरेका हुन् ।
काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले विकासका नाममा गरिएका असमान सन्धिहरु खारेज गर्नुपर्ने बताउदै एमसीसी खारेज गर्न माग गरेका हुन् ।
बैठकमा समयमा शुरु नहुने विषयमा असन्तुष्टि जाहेर गर्दै तोकिएको समय भन्दा आज पनि बैठक १६ मिनेट ढिलो भएको र अबदेखि बैठक समयमै शुरु हुनुपर्ने माग गरेका छन् ।
उनले बैठकमा विपक्षी सांसदहरुलाई तोकिएको समयप्रति असन्तुष्टि जनाउदै जनताका विषय राख्न समय पाउनुपर्ने बताए ।
उनले डिस्कोर्डमा बनाइएको योजना, भदौ २३ गतेको आन्दोलनमा विद्यालयका बालबालिकालाई ड्रेसमा बोलाउने र आन्दोलनमा लगाउने, भदौ २४ को विध्वस्तको छानबिन गर्न आयोग गठन गर्न माग गरेका छ ।
अध्यक्ष साम्पाङले पूर्व मन्त्री र सांसदहरुको मात्र सम्पत्ति छानबिन गरेर नहुने बताउदै हालका प्रधानमन्त्री, मन्त्री र सांसदहरुकै सम्पत्ति छानबिन गरेर सुशासनको शुरुवात गर्नुपर्ने बताए ।
उनले किसानका समस्या समाधान नगरेसम्म देशको आर्थिक वृद्धि नहुने बताउदै योजना बनाउदा किसानलाई केन्द्रमा राख्न माग गरेका छन् ।
उनले संसदको पहिलो बैठकमै सरकारले विपक्षी दलहरुसँग छलफल गरेर योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।