एमालेको आन्दोलन आजपनि, ७७ वटै जिल्ला विरोध पत्र बुझाउँदै

२०८२ चैत्र १५ आइतवार
सारांश
  • अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता कार्यकर्ताहरुले आजपनि देशभर प्रदर्शन गर्ने भएका छन् ।

काठमाण्डौ, १५ चैत्र । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता कार्यकर्ताहरुले आजपनि देशभर प्रदर्शन गर्ने भएका छन् ।

 

एमाले सचिवालय बैठकको निर्णय अनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

 

शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित भएको छ । शनिबार काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन भएका थिए भने विभिन्न जिल्लामा विरोध प्रदर्शन भएका थिए ।

 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शुक्रबार बालेन नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्यवन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओेली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार