ओली र लेखकलाई आज अदालतमा पेश गरिदै, अब के हुन्छ ?

२०८२ चैत्र १५ आइतवार
सारांश
  • पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ ।

काठमाण्डौ, १५ चैत्र । पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ ।

 

शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत खुल्नेबित्तिकै जिल्ला अदालत काठमाडौँ पेश गरिने भएको हो ।

 

अदालतमा प्रहरीको तर्फबाट सरकारी वकिल कार्यालयले ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको पक्राउ पुर्जी अनुसारको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । अदालतले अनुमति नदिएमा ओली र लेखक आजै छुट्ने छन् भने अदालतले दिन तोकेर अनुमति दिएमा दुवैको प्रहरी हिरासत बढ्न सक्ने हुनसक्छ ।

 

कानुनी रुपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न गराउन यो म्याद २५ दिनसम्म थप्न सकिने व्यवस्था छ । त्यसपछि प्रहरीले उनीहरूलाई मुद्दा चलाउने आधार दिँदै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने र प्रतिवेदन बुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्छ । यस्तै मुद्दा चलाउनुपर्ने भए कुन कसुरमा कुन दफाअनुसार र कति सजायको माग दाबी गर्ने भन्ने निर्णय गर्छ । मुद्दा नचलाउने निर्णय भएमा सदरका लागि उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

 

त्यसै अर्कोतर्फ ओली र लेखक पक्ष जिल्ला अदालतले म्याद थप गरे पनि सर्वोच्च अदालतमा  बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने व्यवस्था छ । सर्वोच्चमा रिट दायर गरेर छुट्ने आदेश भएमा पनि उनीहरु छुट्न सक्ने सम्भावना रहन्छ । तर अदालतले रिहा गर्न आदेश दिएपनि यो विषयको अनुसन्धान भने जारी रहने छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार